News & Events

Contact us

लघुवित्त ब्यबस्थापन सम्वन्धि आधारभुत तालिम

:

पर्वत जिल्लाको कुस्मा वजारमा केन्द्री कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाले आप्mना सहायक स्तरका कर्मचारीहरुका लागि लघुवित्त ब्यबस्थापन सम्वन्धि आधारभुत तालिम होटल बेन्जु कुस्मामा मिति २०७४÷०२÷१३ र १४ गते सम्पन्न गरेको छ । जेष्ठ १३ गते उद्धघाटन भई १४ गते समापन गरिएको थियो । उक्त तालिमको समापन मनतब्य दिदै वित्तीय संस्थाका अध्यक्ष श्री बिकास गौचनले ग्रामिण क्षेत्रमा पुगि गरिव तथा आर्थिक रुपले पिछडिएका जनतामा वित्तीय साक्षरता प्रदान गरि गरिवी न्युनिकरणका लागि राष्ट्रिय रुपमा सहयोग गर्नु संस्थाको उदेश्य रहेको हुंदा यस तालिमले कर्मचारीहरुको मनोवल वढि सो उदेश्य पुरा गर्न सहयोग पुग्ने विचार ब्यक्त गर्नुभयो । कर्मचारीहरु सवल र सक्षम नभै संस्थाको उन्नती नहुने भएकाले कर्मचारीहरुको वृतिविकासमा सधै सकारात्मक रहने भन्दै कर्मचारीहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गर्नुभयो । सो अवसरमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री कमलबहादुर खत्रीले संस्थाले हालसम्म ७ जिल्लामा १३ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको र निकट भविश्यमा नै ७ शाखा कार्यालय खोली सेवा नपुग भएका रुकुम ,रोल्पा र गोरखाजिल्लामा समेत सेवाविस्स्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।
अधिकृत पुंजी १० करोड, जारी पुजि रु. ७ करोड तथा चुक्ता पुंजि रु.४करोड ९० लाख रहेको यस वित्तीय संस्थाले ५९१३ सदस्यहरुलाई रु.३३२७५६५००÷– कर्जा लगानी र रु. ४१५४२०६९÷– बचत गरी रु. २६७६९५६.८३÷– कुल नाफा कमाउन सफल भएकोछ । उक्त तालिम कार्यक्रममा संस्थाका सञ्चालक श्रीमेघनाथ सुबेदी, श्रीनेत्र प्रसाद पराजुली र श्रीदिनेश अधिकारीको समेत उपस्थिती रहेको उक्त तालिमको सहजकर्ता वित्तीय संस्थाका का.मु.वरिष्ठ प्रवन्धक श्रीफणिन्द्र पाण्डेले गर्नुभएको थियो ।