News & Events

Contact us

जनसेवी लघ ूबित्त बित्तीय संस्था लि.काे त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

जनसेवी लघ ूबित्त बित्तीय संस्था लि. कूश्मा, पर्वतको त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न
पर्बत जिल्लाको कूश्मामा केन्द्रीय कार्यालय रही हाल १० जिल्लामा २० वटा शाखा कार्यालयहरु मार्फत लघूबित्त कार्यक ्रम विस्तार गर्न सफल जनसेवी लघूबित्त बित्तीय संस्था लि. को आ.व.०७४।०७५ को तेश्रो त्र ैमासिक समिक्षा गोष्ठी कूश्मामा सम्पन्न भएको छ । मिति २०७५ वैशाख १० गते संस्थाको संचांलक समितिको अध्यक्ष श्री विकास गौचनज्युको अध्यक्षता एव ंसंचालक श्री मेघनाथ सूबेदीज्युको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त गोष्ठीमा २०७४ चैत्र मसान्त सम्ममा संस्थाले हासिल गर्न सकेका उपलब्धीहरु, कार्यक्रम बिस्तारका क्रममा आइपरेका समस्याहरु तथा आउंदा दिनहरुमा संस्थाल े अवलम्बन गरिनूपर्न े रणनीतिहरुलाई प्रमूख बिषयको रुपमा केन्दि ्रत बनाई गोष्ठी सम्पन्न भयो । गोष्ठीको सार्थकता एवं सफलताको शूभकामना सहित संस्थाको दिगो र प्रभावकारी रुपमा विस्तार र सूद ृढीकरणको लागी संस्था प्रति समर्पित भई कार्य गर्न संस्थाका अध्यक्ष श्री बिकास गौचनज्युले उपस्थित सहभागी शाखा प्रवन्धकहरुलाई निर्देशन दिनू भयो । त्यस ै गरी संचालक श्री मेघनाथ सूबेदीज्युल े संस्थाको उद्देश्य, स्थायित्वता तथा निकट भविष्यमा संस्था राष्टि«य स्तरमा स्तरोन्नति हूने क्रममा रहेको जानकारी सहित संस्थाको भविष्यसंग ै कर्मचारीहरुको समेत उज्वल भविष्य जोडिएकोल े इमान्दारिताकासाथ कार्य गर्न उपस्थित सबैलाई निर्देशन दिनू भयो । त्यस ैगरी संस्थाको प्रमूख कार्यकारी अधिकृत श्री कमल बहादूर खत्रीले संस्थाको हालसम्मको प्रगति विवरण प्रस्त ूत गदै संस्थाले २०७४ चैत्र मसान्तसम्ममा संस्थाको लगानीमा रु. ३७ करोड ७५ लाख रहेको र १०८७२ जना सदस्यलाई संस्थामा आवद्घ गराई रु. १० करोड ४३ लाख बचत रकम संकलन गरी यस अवधीमा रु. ३९ लाख ६ हजार नाफा हासिल गर्न सफल भएको समेत जानकारी गराउन ू भयो भने बरिष्ठ प्रवन्धक श्री फणिन्द्र पाण्डेले गोष्ठीको आवश्यकता वारे प्रस्त ूत गर्नूभयो । गोष्ठीको उद्घाटन संस्थाका अध्यक्ष श्री बिकास गौचनज्यूद्धारा भएको थियो भने सहायक प्रवन्धक हर्ष बहादूर स्याङतानले स्वागत मन्तव्य र कार्यक्रम संचालन वरिष्ठ प्रवन्धक फणिन्द्र पाण्ड ेले गर्नू भएको थियो ।